तेस्रो महिला सगरमाथा आरोही पेम्बाको १३ औ स्मृती दिवस

सोलुखुम्बु, जेठ ९


सोलुखुम्बुको नाम्चेमा निर्मित शालिकमा माल्यार्पण गरेर सगरमाथा चढ्ने तेस्रो नेपाली महिला पेम्बा डोमा शेर्पालाई सम्झना गरिएको छ । सन् २००७ मे २२ मा ल्होत्से हिमाल आरोहण गरेर फर्कदै गर्दा निधन भएको शेर्पाको १३ औ स्मृतीमा शालिकमा लामा पुजासंगै दिप प्रज्वलन र खादा अर्पण गरेर सम्झना गरिएको उनका दाइ निमा नुरु शेर्पाले जानकारी दिए ।


पेम्बा डोमा तिब्बत तर्फबाट सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोही पनि हुन् । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा हुन् भने संखुवासभाकी लाक्पा शेर्पाले दोस्रो नेपाली महिलाका रूपमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।


सोलुखुम्बुको खुम्बुपासाङल्हामू गाउँपालिका ५ नाम्चेका जन्मिएकी पेम्बालाई स्थानीय अगुवाहरु आँटिली महिलाको रुपमा सम्झन्छन् । वडाअध्यक्ष छिरिङ पेन्जो शेर्पाले कमाउनका लागि भन्दा पनि पेम्बाले राष्ट्रका लागि हिमाल आरोहण गरेकाले सधैँ सम्झनामा रहेको बताए । नाम्चे यूवा क्लबका अध्यक्ष पाल्देन शेर्पाले पेम्बाको आँटिलो कदमले महिला शसक्तिकरणको सन्देश प्रवाह गरिरहने प्रतिक्रिया दिए ।


उनकोे सम्झनामा जन्मस्थल नाम्चेमा शालिक सहितको पार्क निर्माण गरिएको छ । हरेक बर्ष मे २२ तारिखका दिन पेम्बाको स्मृतिमा माल्यार्पण र लामा पुजा गर्ने चलन छ ।

फोटो – पाल्देन शेर्पा, नाम्चे

पेम्बाको छोरी काकाको संरक्षणमा


पेम्बाको मृत्यूपछि केही बर्षपछि नै उनको श्रीमानको पनि निधन भयो । त्यसपछि छोरी एक्लिए । अहिले काकाको संरक्षणमा कक्षा १२ मा अध्ययरत छिन् ।

आमाको निधनपछि पर्यटन विभागको बार्षिक कार्यक्रम अन्तरगत शिक्षा आर्जनका लागि छात्रवृत्ति पाएकी उनले विभागको कार्यक्रम कटौती भएसंगै छात्रवृत्ति टुटेको छ ।


पर्यटन विभागकी निर्देशक मिरा आचार्यले अहिलेको बजेट संरचनामा छात्रवृत्तिको कोलम नै नरहेको बताईन् । उनले भनिन्, ‘पहिले कसरी छात्रवृत्ति उपलब्ध गराईयो । थाहा भएन तर पछिल्ला दुई बर्षको बजेटको संरचनामा छात्रवृत्तिको कोलम छैन् ।’ उद्यपी, हिमाल आरोहणका क्रममा ल्यान गुमाए र अपांग, घाइते भएकाहरुलाई दिने सुविधाको विषयमा पटक पटक छलफल भएको उनको भनाई छ ।


‘केन्द्र सरकारले पर्यटन ऐन जारी गर्दैछ, ऐनमा समाबेश विषय बुदाँका विषयमा आरोहणका क्रममा ज्यान गुमाएका, अपांग, घाइते भएका परिवारलाई दिन सकिने बार्षिक सुविधाको विषयमा सुझाव पठाएका छौ ।’ उनले भनिन्, ‘संसद र मन्त्रालयले कुन रुपमा अघि बढाउछ, त्यसमा भर पर्दछ ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!