तेस्रो पटक प्रेस यूनियन अध्यक्षमा राउत

सोलुखुम्बु, माघ २७

नेपाल प्रेस यूनियन सोलुखुम्बुको अध्यक्षमा सन्तोष राउत तेस्रो पटक चयन भएका छन् । सोमबार सल्लेरीमा भएको तेस्रो जिल्ला अबिधेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।


यूनियनको उपाध्यक्षमा शिखर जंग श्रेष्ठ र विना राई, सचिबमा अम्रित थुलुङ, कोषाध्यक्षमा अम्रिता राई र सह–सचिबमा सोनि राई चयन भएका छन् । १५ सदस्सीय समितिको सदस्यहरुमा ललित कार्की, दिपेन्द्र पराजुली, धन कुमार ढुंगेल, निशा राई, सलिना लामिछाने, प्रविण राई, सोनामछोटी शेर्पा, होमनाथ खत्री र अर्जुन कुमार राईलाई चयन गरिएको छ ।

अबिधेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको छ । केन्द्रीय प्रतिनिधिहरुमा अध्यक्ष राउत सहित भानुभक्त निरौला, ललित कार्की, अम्रित राई, विना राई, अम्रिता राई र सरस्वती बस्नेत छनौट भएका छन् भने प्रदेश प्रतिनिधिमा शिखर जंग श्रेष्ठ, अशोक राई, धन कुमार ढुंगेल, उद्धव कुलुङ, अनुजा कटेल, सविता राउत, निशा श्रेष्ठ र निशा राई चयन भएका छन् ।

प्रेस यूनियनमा जिल्लाका ३३ जना पत्रकार आबद्ध छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!