तेन्जीङ हिलारि विमानस्थल तीन दिन देखि प्रभावित

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २४

मौसम प्रतिकल बनेपछि सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारि विमानस्थलमा तीन दिन देखि उडान प्रभावित बनेको छ । बुधबार १५ वटा उडान तालिका रहेकोमा २ वटा उडान भएको थियो भने बिहीबार कुनै पनि उडान हुन सकेन ।

शुक्रबार सिता र समिटको ५÷५ र ताराको १० गरी २० उडान तालिका भएपनि कुनै पनि उडान नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

उडान नहुँदा पर्यटक तथा गाईड लुक्लामा नै बस्न बाध्य भएका छन् । अहिले पनि सगरमाथा क्षेत्रमा आएका पर्यटकहरु हेलीकप्टर मार्फतआंसिक रुपमा फाप्लु आएका छन् । कतिपय पर्यटक भने खरिखोला हुदै गाडीबाट काठमाण्डौका लागि यात्रा तय गर्ने तयारी गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु