तिन दिनमा दुई करोड चालिस लाख दान

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ४

दुधकोशी सामुदायीक अस्पताल निर्माणका लागि सोलुखुम्बुको मुक्लिमा जारी श्री मत भागवत महायज्ञको तिन दिनमा दुई करोड भन्दा बढि रकम सहयोग संकलन भएको छ । शनिबार उदुघाटन गरिएको महायज्ञबाट कथावाचन शुरु भएको आईतबार एक करोड सात लाख १७ हजार ६१२ रुपैयाँ सहयोग संकलन भएको महायज्ञका प्रवक्ता बुद्धिराज राईले जानकारी दिए ।

महायज्ञ उद्घाटनको दिन शनिबार २४ लाख ११ हजार ८८१ रुपैयाँ नगद संकलन भएको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ । सोमबार एक करोड ९ लाख रकम संकलन भएको छ । महायज्ञबाट मात्रै हालसम्म दुई करोड ४० लाख २९ हजार ४९३ रुपैयाँ सहयोग संकलन भएको छ ।

मुक्लिमा जारी महायज्ञमा कथावाचन गर्दै पण्डित दिनबन्दु पोखरेल

मैदेलका बलराम गुरुङले २५ लाख १११ रुपैयाँ सहयोग गरेका छन् भने वसन्त बन र यज्ञ बनको समुहले २५ लाख ५ हजार ५१ रुपैया अस्पताल निर्माणको लागि सहयोग गरेका छन् । नेलेका विमल बस्नेतले १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । मैदेल गाउँ सेरोफेरो गुरुङ समाज काठमाडौ १२ लाख एक हजार ६ सय ६२ रुपैयाँ दान गरेका छन् । महायज्ञमा पन्चनका असिम राई, नेलेका शंकर बहादुर कार्की र मुक्लिका ५ लाख ५५ हजार ५५५ रुपैयाँको दरले दान गरेका छन् ।

मुक्लिका राज कुमार गुरुङ ६ लाख १ एक हजार १११ रुपैयाँ सहयोग गरेका छन् भने मुक्लिका लाल बहादुर बस्नेतले ५ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । संस्थागत तर्फ मैदेल गुरुङ सेवा समाजको तर्फबाट अस्पताल निर्माणको लागि दश लाख एघार हजार १११ रुपैयाँ प्राप्त भएको छ । मालति राई र केराई सिंहको परिवारले ५ लाख ५ रूपैया, बुद्धिराज राईले एक लाख ३२ हजार ६ सय ६२ रुपैयाँ दान गरेका छन् ।

सुविधासम्पन्न ५० शैयाको अस्पताल निर्माणका लागि महायज्ञ शुरु गरिएको हो । यज्ञबाट २० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ । यसअघि नै सहयोग संकलन अभियान मार्फत ७ करोडको हाराहारीमा सहयोग संकलन भईसकेको गाउँपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु