तिङलाली कलाकार लोक क्षेत्रमा उदाउदै

सोलुखुम्बु । सोलुखुम्बुको तिङलाले आधुनिक गायनमा आनन्द कार्की जस्तो कलाकार जन्माएको धेरैलाई थाहा छ । सोही तिङललो पछिल्लो समय केहि कलाकारले लोक क्षेत्रमा प्रवेश पाएको छ । ति हुन्, सीता खपाङगी मगर, नवराज बस्न्यात ‘तारा’, प्रकाश राना, निशा कार्की, अर्जुन नेपाली, सागर बस्नेत, शान्ति खपाङगी मगर र उषा कार्की । यी ९ कलाकार लोकसंगीतमा प्रवेश गरेका छन् ।

गायक प्रकाश रानाले मौरी बस्यो फुलैमा जस्ता आधा दर्जन गीत गाएर लोक क्षेत्रमा आधार बनाईसकेका छन् । ‘तिम्रै यादमा’, ‘म रोएनी’, ‘गुँरासै फुल्यो’, ‘तिम्रो मेरो आँखा आँखा’बोलको गीत उनको अन्य गीत हुन् ।

नवराज बस्न्यात पनि तिङलामै जन्मिएका हुन् । सानैमा दुर्घटनामा परि अपांग बनेका बस्न्यातले दखका साथ केहि दोहोरी गीत सार्वजनिक गरेका छन् । बस्न्यातले ‘सोलु सल्लेरी’, ‘लाहुरे सानु’ र ‘दशैँ तिहार’ गीत बजारमा ल्याएका छन् । विलक्षण प्रतिभाका धनि उनले कलाकारितालाई अघि बढाउने सोचमा छन् । उनले मुखले आकर्षक चित्र समेत बनाउछन् ।

तिङलाका अर्जुन नेपालीले २ गीत रेकर्ड गराईसकेका छन् । केहि बर्ष अघि तिज गीत गाएका नेपालीले अघिल्लो बर्ष गीतकार शिखर गजरकोटेको सृजनामा ‘आकाशैमा बादलु डम्मै’ गीत बजारमा ल्याए ।

गीत गायनमा गायिका निशा कार्की अघि छिन् । शिव कार्कीको सृजना ‘उस्ले ग¥यो घात’वाट गायनयात्रा शुरु गरेकी कार्कीले ‘माईतीको आँगनी’, ‘दित्तेल बजारको’, ‘शंका लागे’ जस्ता लोक तथा दोहोरी गीतमा स्वर दिएकी छिन् ।

त्यस्तै, भर्खर लोक क्षेत्रमा प्रवेश गरेका छन्, सागर बस्नेत । बस्नेत नेपाली प्रहरी सेवामा कार्यरत रहेपनि लोक गायनलाई निरन्तरता दिने सोचमा रहेका छन् । पहिलो दशैँ विशेष गीत ‘ए परदेशी फर्क’ बजारमा ल्याएर स्वरको प्रशंसा पाएका बस्नेतले पुर्वेलीको गीतको तयारी थालेका छन् ।

तिङलामा जन्मिएकी उषा कार्की पनि भिडियोवाट अभिनयको क्षेत्रमा प्रवेश गरेकी छिन् । धर्मराज पोखरेलको दोहोरी गीत ‘जयराम घाटैमा’बोलको गीतवाट प्रवेश पाएकी कार्कीले स्कुल लेवलको पढाईसकेपछि कुशल नृत्यांगना बन्ने सोच लिएकी छिन् ।

तिङलाकै सीता खपाङगी मगर राजधानीको दोहोरी साँझवाट आफ्नो संगीत यात्रालाई अघि बढाईरहेकी छिन् । गायिका शान्ति खपाङगी मगरे पनि एउटा दोहोरी गीत रेकर्ड गराएकी छिन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!