तिङलालीलाई विद्युत प्राधिकरणको पत्र

सोलुखुम्बु, माघ ६
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय विराटनगरले तिङलालीको मागलाई सम्बोधन गर्ने आश्वासन सीहत पत्राचार गरेको छ । प्रमुख श्रीराम राज पाण्डेद्धारा हस्ताक्षरित पत्रमा तिङलालीको माग जाहेज भएको भन्दै कम्तीमा एक महिना भित्र ग्रामिण विद्युतीकरण गर्ने उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको छ, ‘नेपाल सरकारको बजेट र कार्यक्रम अनुसार नेपाल विद्युत प्राधिकरणबाट विद्युतीकरणको काम भईरहेको र चालु आर्थिक बर्षमा ३३ केभी प्रसारण लाईन सोलुखुम्बु पु¥याई विद्युतीकरणको काम भईरहेको छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा कम्तीमा एक महिनामा विद्युतीकरण सम्पन्न गरि विद्युत सेवा उपलब्ध गराउने छौ ।’ पत्रमा विद्युतीकरणका लागि आवश्यक सहयोग गर्न समेत आग्रह गरिएको छ ।
प्राधिकरणको पत्र पाएपछि तिङलालीले साझा धारणा निर्माण र आगामी बाटो तय गर्नका लागि सोमबार विहान वैठक डाकेका छन् ।

प्राधिकरण विराटनगरले तिङलालीलाई पठाएको पत्र



प्रतिकारमा उत्रदा घटना
विद्युत उद्घाटन पहिले ग्रामिण विद्युतीकरणको माग राख्दै आन्दोलन शुरु गरेका सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका सर्वसाधारणले शनिबारको घटनामा आफूहरुले प्रतिकार गरेको दाबी गरेका छन् । आईतबार तिङलाको लाम्मानेमा पत्रकार सम्मेलन गर्दै उनीहरुले शान्तिपुर्ण आन्दोलनमा सडकमा बसिरहेको बेला मोटरसाईकलमा आएका केही यूवाले गुण्डागर्दी शैलीमा आक्रमण शुरु गरेको र त्यसको प्रतिकारमा ढुंगा र लौरी प्रहार गरेको बताएका हुन् । घटनापछि संघ तथा प्रदेश सांसदले आरोप लगाएजस्तो कुनैपनि पक्षबाट प्रायोजित नभएको, सामाजिक संजाल र सञ्चारमाध्यममा आएजस्तोे आन्दोलनमा १६ बर्ष मुनिका बालबालिका प्रयोग नगरिएको र मदिरा सेवन गरेर आन्दोलनमा सहभागी नभएको तथा कुनै पक्षबाट धुसपैठ नभएको विज्ञप्तीमार्फत प्रष्ट पारेका छन् ।

सडक बन्द छैन्
सडक बन्दको विषय हल्ला मात्रै भएको तिङलालीले प्रष्ट पारेका छन् । उनीहरुले सवारीसाधन संचालनमा अवरोध नगर्ने र नगरेको प्रष्ट पारेका हुन् । आजपनि सडक बन्द नगरिएको तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले सल्लेरीतर्फको जोरबौद्ध र पत्ताले क्षेत्रबाट सवारी आवतजावतमा कडाई गरेको थियो । फलस्वरुप, आईतबार दिनभर तिङला क्षेत्रको सडकमा सवारी गुड्न सकेन् । सवारी संचालनमा नआउदा काठमाण्डौबाट सल्लेरी आउने यात्रुहरु बेलिडाँडाबाट पैदल हिड्न बाध्य बनेका छन् ।


नेकपा सोलुको विज्ञप्ती
शनिबार तिङलामा झडपपछि भएको घटनाको नेकपा सोलुले भत्र्सना गरेको छ । जिल्ला अध्यक्ष मानवर राई र सचिब गोम्बु शेर्पाद्धारा हस्ताक्षरित विज्ञप्तीमा आन्दोलिन तिङलालीको माग सम्बोधन गर्न र विद्युतको उद्घाटन गर्न लाम्माने पुगेका संघ र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिमाथी भएको आक्रमणप्रति ध्यानाकर्षण भएको र आन्दोलनमा घुसपैठ गरि आपराधिक क्रियाकलाप गर्ने गराउनेको पहिचान गरि कानुनी कारबाही गर्न माग गरिएको छ । विज्ञप्तीमा सवारीसाधनमाथीको आगजनी प्रति भत्र्सना गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु