तिङलालीको समस्यामा सोलुका नब–निर्वाचित सांसदहरुको चासो

शिखर गजरकोटे
सोलुखुम्बु, २५ मंसिर

सोलुखुम्बुवाट निर्वाचित सांसदहरुले तिङलालीको मागलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

निर्वाचित भएको भोलीपल्ट (आईतबार) तिङलामा पुगेका प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरुले तिङलाको समस्या समाधानलाई नजिकवाट हेरेको प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य हेम कुमार राई सुरवीर, प्रदेश सभा सदस्यद्धय उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीको उपस्थितीमा तिङलाको सिंहकाली माविमा भएको भेलामा निर्वाचित सांसदहरुले नगरपालिकामा समाबेश हुने तिङलाको माग सम्बोधन गराएरै छाड्ने प्रतिवद्धता समेत जनाएका छन् ।

माग सम्बोधनका लागि लामो समय विभिन्न प्रकृतिको आन्दोलनमा सहभागी तिङलाबासीहरु जनप्रतिनिधिको प्रतिवद्धतामा विश्वास दिलाएको संबाददाता कर्ण कार्कीले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु