तिङलालाई सोलुदुधकुण्ड नगरपालिकामा गाभ्ने देउवा सरकारको निर्णय

हिमाल एफ.एम./सोलुखुम्बु, १२ माघ ।
लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलार्लाइ सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ । गएराति अबेर सम्पन्न मन्त्रीपरिषद वैठकबाट साविकको तिंला गाविसलाई सोलुदुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरिएको बाणिज्य मन्त्रि मिन विश्वकर्माले जनाकारी दिनुभयो । यस अघि स्थानीय तहको सिमाङकनको क्रममा तिंलालाई नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ६ कायम गरिएको थियो । हिमाल एफ.एम.सँग मन्त्रि परिषद निर्णयको जानकारी दिँदै मन्त्रि विश्वकर्माले तिंलाबासिलाई देउवा सरकारले न्याय गरेको बताउनु भयो ।
तिंलाको माग सम्बाधेनका लागि आफ्नै प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय गराएको पनि काँग्रेस नेता समेत रहनु भएका मन्त्रि विकको भनाई छ । आफुहरुलाई अपायक स्थानमा गाभिएको भन्दै विगत लामो समयदेखि तिंलाबासी आन्दोलित थिए । नेचा सल्यान गाउँपालीकाको केन्द्र नेचा जानुभन्दा नगरपालीकामा नै आउन पायक पर्ने भएकाले आन्दोलनमा उत्रिएका तिंलाका स्थानीयहरुको सपना साकार बनेको छ । उनीहरुले देशको ईतिहासमै पहिलो पटक स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन समेत बहिस्कार गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु