तिङलामा लौरेश्वर दलित युवा समाजद्धारा ५० धारा निर्माण

निशा असार २५
सोलुखुम्बु, साउन २५

लौरेश्वर दलित युवा समाजले तिङलामा सञ्चालन गरेको एक घर धारा निमार्ण अभियान अन्र्तगत ५० धारा निमार्ण सम्पन्न गरेको छ ।

असार पहिलो हप्ता बाट सुरु गरिएको एक घर एक धाराको अभियान साविक वडा नं ३ का १५० वटै घरधुरीमा पु¥याईने लौरेश्वर दलित युवा समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी दिनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन बिभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना शाखा खोटाङबाट बिनियोजन भएको ४ लाख रुपैया, तल्लो सोलु हाईड्रोपावरको वालुवा, गिटि र सिमेन्ट तथा स्थानीय उपभोक्ताको जनश्रमदानबाट धारा निर्माण भएको हो ।

अहिले घरघरमा पाईप बिच्छ्याउने काम भैरहेको अध्यक्ष नेपालीको भनाई छ ।

निमार्ण गरिएका ५० वटा धारा चाँडैनै नगर प्रमुख नाम्गेल जाङबु शेर्पाबाट उद्घाटन गरिने र नगरपालिकासँग थप सहयोग माग गरी बाँकी रहेको १०० वटा धाराको पनि निमार्ण कार्य थाल्ने नेपालीले बताउनुभयो ।

घरमै धारा निमार्ण भएपछि गाग्रीमा पानी बोकेर घरसम्म ल्याउनु पर्ने बाध्यता हट्ने भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु