तिङलाको ५ मतदान केन्द्रमा एउटा पनि मत खसेन

राधा ढुंगाना,
सोलुखुम्बु, १४ असार

सोलुखुम्बुको १ सय २० मध्ये ५ मतदान केन्द्रमा एउटा पनि भोट नखसेको निर्वाचन कार्यलयले जनाएको छ ।

जिल्लाको सवै स्थानमा मतदान भएपनि साविकको तिङला गाविसमा रहेका ५ केन्द्रमा भने एउटा पनि मत नखसेको हो । पुनःसंरचनामा असन्तुष्टी जनाउदै आन्दोलनमा रहेका स्थानीयहरु बुधबार भएको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

नेचासल्यान गाउँपालिका अन्तरगत वडा नं ६ मा स्थापना गरिएको ५ वटै मतदान केन्द्रमा मतदानका लागि मतदाता गएनन् । मतदान केन्द्रमा खटिएका कर्मचारी सम्पुर्ण तयारी पुरा गरि मतदाताको पर्खाईमा देखिए पनि मतदाता भने कृषि कर्ममा व्यस्त देखिएका थिए । सो वडामा २ हजार ४ सय ७६ मतदाता रहेका छन् ।

स्थानिय तहको सिमांकनमा असन्तुष्ट रहेका उनीहरु नो भोट, नो क्यान्डीडेट रणनितिमा लागेका उनीहरु निर्वाचनमा सहभागी नबनेका हुन् । स्थानिय तहको सिमांकनको क्रममा नगरपालिका संगै रहेको तिङलालाइ अपायक पर्ने गरि नेता सल्यान गाउँपालिकामा जबरजस्ती राखीएको भन्दै बैशाख पहिलो हप्ता देखिनै संघर्षमा रहेका उनीहरु निर्बाचनमै भाग नलिने अडानमा थिए । अवरोधकाबीच ३ जनाको उम्मेद्धार परेपनि फिर्ता लिने समयमा सबै उम्मेद्धारले उम्मेद्धारी फिर्ता लिएका थिए । त्यसपछि उनीहरु मतदाता परिचयपत्र पनि लिन गएका थिएनन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु