तिंला–महादेवभिर–सल्यान–नेचा सडकखण्ड खुल्यो

सोलुखुम्बु, साउन १८


तिंलाचारघरे टोलका स्थानियले बन्द गरेकोे तिंला–महादेवभिर–सल्यान–नेचा सडकखण्ड खुलाईएको छ ।

बर्खाको समयमा लगातार परेको पानीका कारण सडक हिलाम्मे भएको, ट्रिपर लगायतका ठुला खालका सवारी साधन गुडाउँदा खाल्डो भएको र बर्षेनी खाल्डा खुल्डी पुर्नका लागि सडकको दाँयाबायाँ क्षेत्रबाट माटो खन्दा घर जोखिममा परेको भन्दै स्थानियले सडकमा ढुंगा र बाँस थुपारेर आईतबार बिहानदेखि बन्द गरिएको सडक जिल्ला प्रशासनको सक्रियतामा सोमबार देखि खुलाईएको हो ।

सडकलाई थप व्यवस्थित बनाउने विषयमा सोलुखोलामा निर्माणाधिन सोलुदुधकोसी ८६ मेगावट र तल्लो सोलु ८२ मेगावटका डाईड्रोपावरसँग कुराकानी भएपछि सडक खुलाईएको स्थानिय ज्ञानबहादुर बस्नेतले बताए ।

बस्नेतका अनुसार ८६ मेगावटले सडकको खाल्डा खुल्डी पुर्नका लागि माटो उपलब्ध गराउने र ८२ मेगावटको हाईड्रोपावरले मेसिन प्रयोग गरि सडक व्यवस्थित गर्ने मौखिक सहमती भएको छ ।

सोहि सडकको अवस्था यस्तो छ

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!