तिंला चारघरेका स्थानियले गरे तिंला–महादेवभिर–सल्यान–नेचा सडकखण्ड बन्द

सोलुखुम्बु, साउन १८


सोलुखुम्बुको तिंला–महादेवभिर–सल्यान–नेचा सडकखण्ड तिंलाको चारघरे टोलका स्थानियले बन्द गरेका छन् ।

बर्खाको समयमा लगातार परेको पानीका कारण सडक हिलाम्मे भएको, ट्रिपर लगायतका ठुला खालका सवारी साधन गुडाउँदा खाल्डो भएको र बर्षेनी सडकको खाल्डा खुल्डी पुर्नका लागि सडकको दाँयाबायाँ क्षेत्रबाट माटो खन्दा घर जोखिममा परेको भन्दै स्थानियले आईतबार बिहान करिब ११ बजे देखि सडक बन्द गरेका हुन् ।

सवारी चालक केसव मगरका अनुसार अहिले सो क्षेत्रमा सवारी आवतवाजत ठप्प रहेको छ । सडकमा बासँको बार र ढुंगा थुपारेको चालक मगरको भनाई छ । सडकलाई थप व्यवस्थित नबाउनञ्जेलसम्मका लागि सडक बन्द गरिएको चारघरेका स्थानिय ज्ञानबहादुर बस्नेतले बताए ।

सडक स्तरोन्नती नहुँदा जिल्लामा सञ्चालित हाईड्रोपावरका ठुलाखालका सवारी साधन गुडाउँदा दुर्घट्नाको जोखिम समेत बढेको स्थानियको गुनासो छ । पटक पटक स्थानिय सरकारका जनप्रतिनिधि र हाईड्रोपावरसँग यो विषयमा ध्यानाकर्षण गराएको भएपनि काम नभएपछि सडक बन्द गर्न बाध्य बनेको उनको भनाई छ ।

सरोकारवालाले सडक स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएपछि मात्रै सडक सुचारु गर्ने चारघरेका स्थानियले बताएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!