तामाङ सेलो ‘डम्फुको डम डम’ (भिडियो सहित)

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका काँकुका मदन तामाङले सेलो गीत ‘डम्फुको डम डम’ लिएर संगीत आकाशमा उदाएका छन् ।

बुद्ध राईको संगीत तथा संगीत संयोजन र मदन तामाङकै गीत लेखनमा बनेको सेलो गीत सुन्दा आनन्द लाग्छ ।

डम्फुको डक डम टुङनाको धुन
कानैमा लाईदिउँला नम्बरी सुन
मैच्याङ त साह्रै मन प¥यो
के छ नी तिम्रो गुन बैगुन

सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई एस. प्रोडोक्सन प्रा.लि.ले निर्माण गरेको हो । भिडियोमा कोरियोग्राफर विशाल लामाले गरेका छन् ।

सानै देखि क्यारिकेचर गर्दै आएका तामाङ साथी भाईकै सल्लाहमा गायक बनेका हुन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु