ताप्ली गाउँपालिकाको भवन शिल्यानास

राकेश नेपाली
चैत्र २३
उदयपुरको ताप्ली गाउँपालिकाको नयाँ बन्ने भवनको आज सिल्यानास गरिएको छ । गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापा, उपाध्यक्ष कमलामाया राई, बिभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितीमा भवनको सिलन्यास गरिएको हो ।

६ करोड ४८ लाखको लागतमा बन्न लागेको भवन निमार्णको जिम्मा सगरमाथा एण्ड प्रिन्स जेभी कन्र्टसन प्राली, कटारीले लिएको छ । प्यागोडा शैलीमा निमार्ण हुने अढाई तल्लाको भवनमा ४४ वटा कोठा, ईजालास , साँस्कृतिक कार्यक्रम कक्ष तथा सम्पुर्ण बिषयगत शाखाहरु एकै ठाउँमा रहने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिालाराज श्रेष्ठले बताउनुभयो ।

हाल गाउँपालिकाको बजेटबाट सुरु गरिएको भवन निमार्णका लागी प्रदेश तथा केन्द्र सरकार सँग पनि आर्थिक सहयोग माग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको लागी स्थानियहरुले १५ रोपनी जग्गा समेत निशुल्क उपलब्ध गराएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु