तल्लो सोलुको पर्यटन प्रर्बद्धन हुन सकेन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज ४

खुम्बुमा मात्र सिमित सोलुको पर्यटन ब्यवशाय जिल्लाको तल्लो भेगमा विस्तार हुन सकेको छैन । जिल्लाको तल्लो भेगमा रहेका पर्यटकीय सम्पदाहरुको ब्यवस्थापन तथा भौतिक पुर्वाधार निर्माणमा स्थानीय सरकारकोे ध्यान जान नसक्दा उचित रुपमा सोलुखुम्बुमा पर्यटनको विकास र विस्तार हुन नसकेको हो ।

तल्लो सोलुमा पनि धार्मिक, सांस्कृतिक तथा पर्यटनको प्रचुर सम्भावना भए ठाउँहरु भएपनि यसको प्रबर्धनमा उचित ध्यान पुग्न नसक्दा स्वदेशी तथा बिदेशि पर्यटकहरुको ध्यानाकर्षण गर्न नसकिएको हो ।

अहिले पिक सिजनमा खुम्बु क्षेत्रमा दैनिक सयौ पर्यटक आउने गरेका भएपनि तल्लो सोलुमा भने घुम्नकै लागि नगन्य संख्यामा पर्यटकहरु मात्र आउने गरेका छन् ।

तल्लो क्षेत्रमा पर्यटन प्रबर्धन गर्न स्थानिय सरकारले लाखौ बजेट बिनियोजन गरेका भएपनि उचित भौतिक संरचना निर्माण हुन नसक्दा पर्यटकीय क्षेत्रहरु पनि ओझेलमा परेका हुन ।

पिके डाँडा, पत्ताले, दुधकुण्ड पोखरी, नेचाको झाजरेडाडाँ लगायतका मनोरम दृश्यावलोकन गर्ने ठाउँहरुमा उचित मात्रामा भौतिक पुर्वाधारको विकास भएको छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु