तराईमा होली धुमधामका साथ मनाइदैं

हिमाल एफ एम, चैत्र ३- रङैरङको पर्व फागु पूर्णिमा अर्थात होली तराई क्षेत्रमा आज मनाईदै छ । काठमाडौं उपत्यका र देशका पहाडी भेगमा भने हिजो धुमधामसाथ यो पर्व मनाइयो । प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने परम्परा छ । धार्मिक मान्यता अनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्नो विष्णुभक्त छोरा प्रल्हादलाई मार्नका लागि अग्नी दहन नहुने वर पाएकी आफ्नी वैहिनी होलिकालाई जिम्मा दिएका थिए ।

दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर आगोमा बसेकोमा होलिका जलेर भष्म भएको र प्रल्हादलाई केही नभएको खुशीयालीमा होली पर्व मनाउन थालिएको शास्त्रीय वर्णन छ । काठमाडौंको वसन्तपुरमा फाल्गुण शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टँडिखेलमा लगेर जलाउने परम्परा पनि छ । होली पर्वको अवसरमा ठाउँ ठाउँमा हिजो दिनभर कार्यक्रमहरु आयोजना गरिए । एशियन पेन्ट्सको सहयोगमा ईमेज च्यानलले राजधानीको बसन्तपुरमा होली विशेष कार्यक्रम आयोजना ग¥यो । सांगितिक समूहहरुसहित आयोजित कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!