तत्कालिन जिविस उपसभापति दाहाल नेकपामा प्रवेश

शिखर गजरकोटे,
सोलुखुम्बु, असोज २४

सोलुखुम्बुको तत्कालिन जिल्ला विकास समितिका उपसभापति पुन्य प्रसाद दाहाल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

बुधबार नेचासल्यान गाउँपालिकामा भएको दशैतिहार शुभकामना कार्यक्रममा दाहाल सहित दर्जनौ व्यक्ति नेकपामा प्रवेश गरेका हुन् । दाहाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुदै गत बर्ष सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

दाहाल लगायतका नवप्रवेशीहरुलाई प्रतिनिधि सभाका सदस्य हेम कुमार राई ‘सुरवीर’ र नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले खादा र अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु