डोजरले च्यापेर एक व्यक्तिको मृत्यु

हिमाल एफ.एम.
सोलुखुम्बु, असोज ७

सोलुखुम्बुको गोराखानीमा डोजरले च्यापेर एक व्यक्तिको मृत्यू भएको छ । सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी स्थित धारापानी भन्ने स्थानमा सडक स्तरउनती गर्ने क्रममा डोजर पछ्याउदा गम्भिर घाईते भएका स्थानीय बर्ष ४८ का दावा तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यू भएको हो ।

मृतक तामाङ मादकपदार्थ सेवन गरि डोजर पछ्याएको र चालकले नदेख्दा डोजरले च्याप्न पुगेको वडाअध्यक्ष काजी शेर्पाको भनाई छ । घाईते तामाङको गोराखानी स्वास्थ्यचौकीमा उपचार गर्ने क्रममा मृत्यू भएको हो । घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!