डुम्रेधारापानी र ज्यामिरेमा राष्ट्रिय प्रसारण लाईनको विद्युतविस्तार


हिमाल एफ.एम.
सोलुखुम्बु, कात्तिक ७

खोटाङको डुम्रेधारापानी र ज्यामिरेमा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तार गरिएको छ । सामुदायीक विद्युत वितरण केन्द्र दुवेकोलको अगुवाईमा रावावेशी गाउँपालिका ४ डुम्रे धारापानीको ३५६ घरधुरी र ऐसेलुखर्क गाउँपालिका ६ ज्यामिरेका ४८२ घरधुरीमा विद्युत विस्तार गरिएको हो ।

रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाका अनुसार डुम्रेधारापानी क्षेत्रमा ४ वटा र ज्यामिरे क्षेत्रमा ३ वटा ट्रान्स्र्फमर राखेर राष्ट्रिय प्रसारण लाईनको विद्युत वितरण गरिएको छ । डुम्रेधारापानीमा विद्युत विस्तार भएसंगै रावावेशी क्षेत्र अन्धकार मुक्त बन्ने भएको छ । अन्य ५ वडामा यसअघि नै विद्युतको पहूँच पुगिसकेको गाउँपालिकाले जनाएको छ । विद्युत विस्तारको उदुघाटन गर्दै रावावेशी गाउँपालिका अध्यक्ष तथा सामुदायीक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाले ठेकेदारको ढिलाईले विद्युत विस्तारको काम एक बर्ष ढिलो भएपनि सफल भएको बताउनुभयो । उहाँले चालु आर्थिक बर्ष भित्र गाउँपालिका भित्रका विद्युत विस्तारका लागि प्रयोग गरिएका काठे पोललाई फलामे पोलले विस्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यता, ऐसेलुखर्क गाउँपालिकामा माक्पा क्षेत्रमा यसअघि विद्युत विस्तार गरिएको छ भने ज्यामिरेमा भर्खर विद्युत विस्तार भएको छ । अन्य ५ वटा वडामा अझै विद्युत विस्तारको काम बाँकी रहेको छ । अध्यक्ष विश्वनाथ निरौला आगामी डेढबर्ष भित्रगाउँपालिकालाई उज्यालो बनाउने संकल्पसहित अघि बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो चुनाबी प्रतिबद्धता पनिथियो । ढिलै भएछ भने पनि कार्यक्रम सकिदै गर्दा उज्यालो गाउँपालिका घोषणा गरेर विदा हुन्छु ।’ विद्युत विस्तार कार्यक्रममा ऐसेलुखर्क गाउँपालिका ६ ज्यामिरेका वडाअध्यक्ष मिनबहादुर राई, रावावेशी गाउँपालिका ४ का वडाअध्यक्ष ज्ञान बहादुर पाण्डे, सामुदायीक विद्युत वितरण केन्द्रका सचिब भिम प्रसाद निरौला, सदस्यद्धय सिताराम अधिकारी र पुन्यकुमारी मगर लगायतको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!