डा. रेणुकाको गीति आग्रह ‘सोलुखुम्बु आउनु है हजुर’ (भिडियो सहित)

सोलुखुम्बु । डा. रेणुका ‘सोलु’ले जन्मभूमि प्रतिको माया गीतवाट व्यक्त गरेकी छिन् ।

सोलुखुम्बुको सोताङमा जन्मेकी डा. रेणुकाको गीत लेखन, जसिहाङ राईको संगीतमा तयार भएको गीत ‘सोलुखुम्बु आउनु है हजुर’मा राई र जेनी खालिङले स्वर भरेका छन् ।

चौरी गोठैमा
शेर्पिनी दिदीको मुस्कान ओठैमा

लेखिकाले जन्मभूमिको मायाले ओतप्रोत भएर जिल्लाका स्थान, भेग र संस्कार र जातिलाई समेत गीत मार्फत परिचित गराउने कोशिस गरेकी छिन् । पर्यटकीय स्थल पाँचपोखरी र दुधकुण्ड पोखरी मात्र हैन्, सुनपाती लगायतका वनस्पतिले पनि जिल्लाको परिचयलाई जोड्न भ्याएकी छिन् ।

जिल्ला भएर बग्ने दुधकोशी, हुँगा नदिलाई पनि सम्झन भ्याएका लेखिका डा. रेणुकाले खुम्बु क्षेत्रका संभावनाको वयान पनि गर्न भ्याएकी छिन् । जिल्लाबासीको मिठो बोलीबचनलाई पनि लोभलाग्दो संगीतका तुनाले बाँध्न भ्याएकी छिन् ।

लेखिकाले लामजुरा, पत्ताले, जालिम पोखरी, ज्वालामाई मन्दिर, सगरमाथा, नुम्बुर हिमाललाई गीतमा समाबेश गरेर जन्मभुमि सोलुखुम्बुलाई स्वर्गको बगैँचासंग तुलना गरेकी छिन् ।

गीति भिडियोलाई गाउँले ईन्टरटेन्टमेन्ट प्रा.लि.ले डिजिटल बजारमा उपलब्ध गराएको छ । महिला शसक्तिकरणलाई केन्द्रभागमा राखेर साहित्यको माध्यमवाट अस्तित्व र पहिचान खोज्दै आउनुभएका डा. रेणुकाले यो सृजनालाई जन्मभूमि प्रति सर्मपित गरेकी छिन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु