डा.भट्टराईले पार्टी परित्याग गर्नु ठीक नभएको निर्णय, पुनर्विचार गर्न आग्रह

हिमाल एफ एम । असोज १० – एकीकृत माओवादीको स्थायी कमिटी बैठकले पार्टी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु ठीक निर्णय नभएको भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले संविधान जारी भई लागू नै हुन नपाएको अवस्थामा नेता भट्टराईले पार्टी परित्याग गर्नु उचित कदम नभएको निष्कर्ष निकालिएको हो ।

यसैगरी बैठकले भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्नु ठीक ब्यवहार नभएको निष्कर्ष निकालेको छ । असल छिमेकीको हैसियतले नेपालप्रति असल व्यवहार गर्न एमाओवादीले आग्रह गरेको हो ।

नेपालको आधिकारिक स्तरमा गरिने कुनै पनि निर्णयलाई छिमेकी राष्ट्रले स्वागत गर्नुपर्नेमा वैठकले जोड दिएको छ । तराईका आन्दोलन पक्षसँग प्रमुख तीन पार्टीको पहलमा वार्ता गरि सहमति खोज्ने निर्णय पनि गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु