डा. बस्नेतलाई राष्ट्रिय स्वास्थ्य सम्मान

शिखर गजरकोटे
सोलुखुम्बु, १४ असार

जिल्ला अस्पताल सोलुखुम्बुमा कार्यरत डा. राजेन्द्र बस्नेत राष्ट्रिय सम्मानवाट सम्मानित भएका छन् ।

जिल्लाकै गोलीमा जन्मिएका डा. बस्नेतले एकेडेमिक अचिभमेन्ट तथा सामुदायीक सेवा स्वास्थ्य सम्मान पाएका हुन् ।

डा. बस्नेतलाई राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले सम्मान प्रदान गरेका हुन् । राष्ट्रपति भण्डारीले सम्मानित गर्ने निर्धारित कार्यक्रम रहेपनि विविध कारणले राष्ट्रपति भण्डारी उपस्थित हुन भने सक्नुभएन ।

सम्मान कार्यक्रम मदनभण्डारी मेमोरियल कलेजको आयोजनामा काठमाडौको अनामनगरमा भएको थियो । विभिन्न पेशामा रहेर सामाजिक सेवा समेत गर्दै आएको कलेजले यो बर्ष पहिलो पटक स्वास्थ्य क्षेत्रलाई समेटेको हो । कलेजले चिन सरकारसंग सहकार्य गर्दै बर्षेनी ३ जनालाई एमविविएस अध्ययन गराउदै आएको छ ।

सम्मान पछि प्रतिक्रिया दिदै डा. राजेन्द्र बस्नेतले पेशालाई सामुदायीक विकाससंग जोडेर सेवा प्रदान गर्ने हौसला थपिएको बताए । दुर्गभ भेगका नागरिकको स्वास्थ्य सेवामा अझ प्रतिवद्ध भएर लाग्ने डा. बस्नेतको भनाई छ ।

सम्मान ग्रहण पछि बोल्दै डा. बस्नेतले मदन भण्डारी मेमोरियल कलेजको पुस्तकालयको लागि ५० हजारको पुस्तक सहयोग गर्दै प्रतिवद्धता जनाएका छन् ।

डा. बस्नेत जिल्ला अस्पताल सोलुखुम्बुमा सेवाग्राहीले रुचाएका चिकित्सक हुन् । उनीवाट स्वास्थ्यसेवा लिएका सेवाग्राहीले उनको सेवा प्रवाहको शैलीको प्रशंसा गर्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु