ठेकेदारको लापरबाहीले पञ्चन स्वास्थ्यचौकीको भवन निमार्ण कार्य अलपत्र, कामदारले पारिश्रमिक पाएनन

सोलुखुम्बु, चैत्र १८

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ३ पञ्चनमा २०७२ साल जेष्ठ बाट निमार्ण सुरु भएको स्वास्थ्य चौकी भवन निमार्णको काम अलपत्र परेको छ । सहरी बिकास मन्त्रालय अन्र्तगत भवन डिभिजन कार्यालय ओखलढुङ्गाको १ करोड ४८ लाख आर्थिक सहयोगमा कालिका कन्ट्रन्क्सनले भवन निमार्णको जिम्मा लिएपनि हालसम्म सम्पन्न गर्न नसकेको छ ।

स्वास्थ्य क्षेत्रमा पंञ्चनबासीको सहज पहुँचका लागी स्वास्थ्यचौकीको भवन निमार्ण सुरु भएपनि बिगत डेढ बर्ष देखी निमार्णको काम अलपत्र परेको छ । नयाँ भवनको निमार्ण कार्य नसकिँदा तिन कोठाको एक तल्ले भवनबाट सेवा प्रदान गनुपरेको स्वाथ्यकर्मी रेणुका लुईटेलले बताउनुभयो । सो भवनबाट हाल ओपिडि र प्रसुती सेवा मात्र संचालन भईरहेको छ ।

स्वास्थ्यकर्मीहरुका लागी क्वाटरको व्यबस्था नहुँदा आकस्मिक सेवामा समस्या आएको उहाँको भनाई छ । स्वास्थ्यचौकी भवन निमार्णका लागी स्थानिय कमलप्रसाद निरौलाले ५ रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको थियो । भवन निमार्णको जिम्मा कालिका कन्ट्रक्सनले पाएपनि नेचासल्यान गाउँपालिका २ का वडाध्यक्ष भेषराज बास्तोला समेत निमार्ण कार्यक्रमा संलग्न थिए ।

भवन निमार्णमा गुणस्तरिय कच्चापदार्थ प्रयोग नभएको र मापदण्ड अनुसारको काम ठेकेदार कम्पनीले गरेको नपाईएपछि स्थानियहरुले केहि समय काम अबरुद्ध पारेका थिए । साथै भवन निमार्णमा काम गरेका आफु सहित १५ जना कामदारलाई पारिश्रमिक नदिईएको स्थानिय कामदार नवराज निरौलाले गुनासो गर्नुभयो ।

थुलुङदुधकोशी गाउँपालिकाले गत कार्तिकमा ४५ दिनभित्र काम सुरु गर्न अल्टिमेटम दिएपनि हालसम्म काम सुचारु हुन सकेको छैन । कालिका कन्ट्रक्सनका व्यबस्थापक गजेन्द्रप्रसाद काफ्लेले भने प्राबिधिक समस्याका कारण काममा अबरोध आएको भन्दै पन्छिदै आएका छन् । ठेकेदारको लापरबाहीले डेढ करोडको भवन निमार्ण कार्य अलपत्र । कामदारले पारिश्रमिक पाएनन |

Comments

comments

सम्बन्धित शीर्षकहरु