ठुला दलले निषेध गरेको राप्रपा नेपालको गुनासो

हिमाल एफ एम बैशाख १३- राप्रपा नेपालका अध्यक्ष कलम थापाले ठूला दलका नाममा नेपाली कांग्रेस र एमालेले राप्रपा नेपालसँग निषेधको राजनीति गर्न थालेको आरोप लगाएका छन् । उर्लाबारीमा हुने राप्रपा नेपालको जिल्ला सम्मेलनको उद्घाटन गर्न जानेक्रममा विराटनगर विमानस्थालमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दलले निषेध गर्दै अघि बढे संविधान निर्माण प्रक्रियामा नै अवरोध आउन सक्ने चेतावनी दिए । संविधानसभा अन्तर्गतका ५ समितिमध्ये एकको नेतृत्व दिन माग गरेका थापाले राप्रपा नेपाललाई कुनै समितिमा नराखेपछि आक्रोसित बनेका छन् । थापाले सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका घटनाका दोषीलाई उम्मुत्ति दिने काम गरेको पनि बताएका छन् । संसदबाट पारित विधेयकले दीर्घकालीन असर पर्ने भन्दै थापाले उक्त विधेयकले द्वन्द्वका घाउहरु बल्झिरहने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु