ट्वेन्टी ट्वेन्टी विश्वकपको पहिलो अभ्यास म्याचमा नेपाल आयरल्याण्डसँग पराजित

२९ फागुन । आइसीसी ट्वेन्टी ट्वेन्टी विश्कप क्रिकेटको तयारीका लागि बङ्गलादेशमा रहेको नेपाल पहिलो अभ्यास खेलमा आयरल्याण्डसँग पराजित भएको छ । हिजो भएको अभ्यास म्याचमा नेपाल आयरल्याण्डसँग ५ विकेटले पराजित भएको हो । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४१ तथा पारस खड्काले ३१ रन बनाए । नरेश बुढाएरले अविजित १४ र सुवाष खकुरेलले १० रन बनाए । १ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ५ बल बाँकि छँदा लक्ष्य भेट्टायो । विलियम पोर्टरफिल्डले ३८, गेरी विल्सनले ३१ तथा एण्ड्र्यु पोन्टरले २८ रनको योगदान गरे । बलिङ्गतर्फ नेपालका सोमपाल कामीले ३ तथा शक्ति गौचनले २ विकेट लिए । अर्को अभ्यास खेल नेपालले भोली युएइसँग खेल्नेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु