सोलुमा ट्रयाक्टर दुर्घटना, एक जनाको ज्यान गयो

दिपेन्द्र पराजुली,
सोलुखूम्बु, मंसिर ८

सोलुखुम्बुमा ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर १ को ख्याम्पु नजिकै यालीमा ना ६ त ३१ ४६ ट्रयाक्टर सडकको भित्तामा ठोक्किदा चालक सोहि गाउँपालिका नम्बर २ का छिरिङ राईको मृत्यु भएको हो ।

२१ वर्षिय राईको घट्नास्थलमा गएराति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दाउरा यालीमा पु¥याएर फर्किने क्रममा तिब्र गतिका कारण अनियन्त्रीत भएको प्रहरीको अनुमान छ ।

आवश्यक कानुनि प्रक्रिया पुरा गरि शव पोष्मार्टमका लागि ओखलढुङगा पठाईएको प्रहरीले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!