ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दिलीप खत्री,
खोटाङ माघ ६,

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हलेसीबाट रभुँवातर्फ जादै गरेको ना.५ त. ७१५४ नम्बरको खाली ट्याक्टर हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कमा आइतवार राती दुर्घटना हुँदा ट्याक्टर चालक त्रियुगा नगरपालिका–६ जलजले उदयपुरका २८ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट करीव २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!