टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीको गुृनासो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, भदौ ११

सोलुखुम्बुमा नेपाल टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् ।

टेलिकमले वितरण गरेको इन्टरनेट र फोन सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका हुन् ।

४ सय ५० वटा ल्याण्डलाईन टेलिफोन वितरण गरेको नेपाल टेलिकम शाखा सल्लेरीले सेवा प्रभावकारी बनाउन नसकेको सोलुदुधकुण्ड नगरपालिकाका सुचना अधिकारी दापासा शेर्पाले बताउनुभयो । तर समस्या समाधानका लागि प्रयास भइरहेको नेपाल टेलिकम शाखा सल्लेरीले जनाएको छ ।

टेलिकम शाखाका प्राविधिक रमेश शाहाले ग्राहकको चाप बढेकाले सेवा सुस्त भएको प्रतिक्रिया दिनुभयो ।

अप्टीकल प्रविधिबाट सेवा प्रवाहका लागि केन्द्रिय कार्यलय सँग सहकार्य गर्ने काम पनि भैरहेको शाहको भनाई छ । उदयपुरको चित्रेमा रेडियो लिङ्कमा चट्याङले क्षति गरेका कारण पनि सेवा केही सुस्त भएको टेलिकमको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु