टेलिकमको सेवा चुस्त बनाउने प्रतिबद्धता

सोलुखुम्बु, पुस १

पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरि नेपाल टेलिकमले सेवालाई प्रभावकारी बनाउने भएको छ । मंगलबार जिल्लाका प्रतिनिधि सभा सदस्य लगायत जनप्रतिनिधिहरुको प्रतिनिधिमण्डलसँग टेलिकमका प्रबन्ध निर्देशकले उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

सदरमुकाम भन्दा बाहिरका क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सरकारले घोषणा गरेको भ्रमण वर्ष समेत प्रभावित बन्ने तर्फ जनप्रतिनिधिहरुले चासो ब्यक्त गरेका थिए ।

संघीय सांसद हेमकुमार राईको नेतृत्वमा, प्रदेस सांसद उत्तम बस्नेत, थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेकपाको प्रदेश नं. १ का सदस्य महेश किराँतीसहितको टोलीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो । संघीय सांसद हेमकुमार राईले जिल्लामा टेलिकमको सेवा अत्यन्तै गुणस्तरहीन भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

जिल्लामा विगत चार वर्षदेखि निर्माण थालेर अलपत्र रहेका कतिपय रिपिटर टावर छिटो सक्न सांसद राईले आग्रह गरेका हुन् । सोही भेटमा गाउँपालिकाका अध्यक्ष असिम राईले टेलिकमको लापरबाहीका कारण स्थानीय सरकारको समेत बद्नाम भइरहेकाले तत्काल समस्या समाधान नगरे जिल्ला कार्यालयमा ताालाबन्दी गर्ने चेतावनी दिए ।

नयाँ टावरको काम धमाधम भइरहेको र पुरानोे टावरलाई पनि अद्यावधिक गरेर समस्या समाधान गर्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रतिबद्धता जनाएका छन् । भ्रमण वर्षलाई मध्यनजर राख्दै टेलिकमले विभिन्न भौतिक संरचना निर्माण तथा सेवा विस्तारमा तिव्रता दिएको उनले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!