टाटा मोटर्सको ‘स्र्पोटी ह्याचब्याक बोल्ट’ कार नेपालमा

हिमाल एफएम साउन १०- टाटा मोटर्सको नयाँ ‘स्र्पोटी ह्याचब्याक बोल्ट’ कार नेपाली बजारमा भित्र्याइएको छ । टाटा मोटर्सका लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले यी कार स्थानीय बजारमा भित्र्याएको हो । यी कार पेट्रोल र डिजल दुबै इन्धनमा छन् ।

पेट्रोल इन्जिन कारको मूल्य २३ लाख ९५ हजारदेखि र डिजल इन्जिन कारको मूल्य २८ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यी गाडीमा ४ वर्षको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । एउटै इन्जिनमा मल्टी ड्राइभ मोडसहित स्पोर्ट, इको, सिटी विशेषता गाडीमा रहेको कम्पनीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु