टाक्सिन्दुमा एक महिला मृत फेला

राधा ढुंगाना सोलुखुम्बु, २६ असोज । सोलु–दुधकुण्ड नगरपालीका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

नगरापालीका १ टाक्सीन्दुको नुनथला बस्ने वर्ष ५० की नक्कु विक गोरेटो बाटोमा मृत अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

मंगलबार विहान घर्बाट नुनथला बजार भनी हिडेकी महिला बजारबाट फर्कने क्रममा नुनथालादेखि १ घण्टा उत्तरको दुरीमा पर्ने लुदो भन्ने स्थानमा मृत अवस्था भेटीएको हो । महिलाको मृत्युको कारण भने खुल्न सकेको छैन । विकका आफुन्तले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु