टाक्सिन्दुलाई नमुना बनाउछु : छोङबा लामा

सोलुखुम्बु, ३ बैषाख । युवा समाजसेवि तथा मोनभिजो नेपाल फाउण्डेशन नेपालका अध्यक्ष छोङबा लामा शेर्पाले साविकको टाक्सिन्दु गाविसलाई देशकै नमुना गाउँ बनाउने बताउनु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा वडापालिका नेतृत्वमा निर्वाचनमा होमिने तयारी गर्नु भएका शेर्पाले समाजसेवा मार्फत गाउँको बृहत्तर विकासमा आफुले महत्वपूर्ण योगदान दिएको भन्दै अब टाक्सिन्दुका नागरिकले आफुलाई वडा अध्यक्षमा निर्वाचित गर्ने दाबी गर्नु भएको हो । नेपाली काँग्रेसबाट वडाअध्यक्षमा चुनावी प्रतिश्पर्धामा उत्रिनु भएका छोङबा लामाले युवाहरुलाई राजनितिमा स्थापित गर्न पनि आफुले उम्मेदवारी दिएको बताउनु भएको हो ।

हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुराकानी गर्नुहुँदै समाजसेवि समेत रहनु भएका शेर्पाले आफु निर्वाचित भएमा भ्रष्टाचारको अन्त्य गरि पारदर्शीता कायाम गर्ने बताउनु भयो । दुधकुण्ड न.पा. वडा नं.१ टाक्सिन्दुमा काँग्रेसले लामाको नेतृत्वमा उत्रमान राई र पासाङ शेर्पा लगायतले उम्मेदवार बनाउने बताईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!