झुटो आरोपमा कांग्रेस नेताहरु माथी धरपकड – कांग्रेस थुलुङ दुधकोशी

सोलुखुम्बु, असार ३


नेपाली कांग्रेस थुलुङ दुधकोशीले विज्ञप्ती जारी गर्दै लिखुपिके घटनामा झुटो आरोप लगाइ कांग्रेस नेताहरु माथी धरपकड भएको जनाएको छ ।


गाउँपालिका सभापति महेन्द्रदीप राईले जारी गरेको विज्ञप्तीमा गत जेठ ३२ गतेका कांग्रेसका लिखुपिके सभापति सुवर्ण बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले विकास निर्माण, उपभोक्ता समिति गठन र समसामयीक चासोका विषयमा राखेको प्रश्नको जवाफ नदिइ गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले आफूमाथी हातपात भएको झुटो आरोपको आधारमा कांग्रेस नेताहरु पक्राउ गरिएकोमा आपत्ती जनाएको छ ।


विज्ञप्तीमा भनिएको छ, ‘लिखुपिके गाउँपालिका उपाध्यक्षको नेतृत्वमा हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी मिना कार्की बस्नेत र वडा नं ४ का सभापति दुर्गा बहादुर बस्नेत माथी कुटपिट भएको र त्यसको उजुरी प्रहरी समक्ष पुग्दा पनि प्रहरी मुकदर्शक बनेकोले निजहरुलाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही गर्न जोडदार माग गर्दछौ ।’


कांग्रेस थुलुङ दुधकोशीले प्रहरी प्रशासनले विभेदकारी निति अबलम्बन गरे कांग्रेस चुप लागेर नबस्ने र पक्राउ परेका ३ नेतालाई विना सर्त रिहाइको माग समेत गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!