झापा–११ विराट गोल्डकप फुटबलको फाइनलमा

444बिराटनगर, फागुन १२ – झापा–११ विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा सशस्त्र प्रहरीलाई २-० ले हराउँदै झापा फाइनलमा पुगेको हो । झापालाई जिताउने क्रममा खेलको १५ औ मिनेटमा बुद्ध चेम्जोङ्गले तथा ८८ औं मिनेटमा खामिरले गोल गरेका थिए ।

क्वार्टरफाइनलमा भारतको जर्ज टेलिग्राफ कोलकातालाई ५-१ ले हराउँदै झापा तथा विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लवलाई स्तब्ध पार्दै सशस्त्र अन्तिम चारमा उक्लेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लव भिड्दै छन् । फाइनल खेल शनिबार हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु