झापा र मोरङमा लोकदोहोरी प्रतिष्ठानको शाखा विस्तार

सोलुखुम्बु ।

प्रदेश नं १ को मोरङमा राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा गठन गरिएको छ ।

शुक्रबार प्रतिष्ठानका निर्वतमान केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, वर्तमान महासचिब सुवास केसी, पुर्व उपाध्यक्ष कोपिला गौतम, प्रतिष्ठान ओखलढुंगाका अध्यक्ष विष्णु घिमिर लगायतको उपस्थितीमा रमेश आचार्यको अध्यक्षतामा ११ सदस्सीय तदर्थ समिति गठन गरिएको हो ।

त्यस्तै, शनिबार झापामा प्रतिस्ठानले पहिलो अबिधेशन सम्पन्न गरेको छ । अबिधेशनले अच्यूत दाहालको नेतृत्वमा २१ सदस्सीय कार्यसमिति चयन गरेको छ ।

यसअघि सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा प्रतिष्ठानको शाखा विस्तार भईसकेको छ । उद्यपी, प्रदेश संयोजक नतोकिदा संस्थागत कार्यसम्पादन र समन्वयमा समस्या देखिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु