झरीका बाबजुद जनैपुर्णिमाको मेलामा दुधुकुण्डमा दर्शनार्थीहरुको घुइचो

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १२भदौ
ज्नैपुर्णिमाको दिन सोलुखुम्बुको दुधुकण्डमा दर्शनार्थीहरुको भीड लागेको छ । टाक्सिन्दु गाबिसको उच्च स्थानमा पर्ने दुधुकण्डमा यस बर्ष पनि सोलुखुम्बु सहित बिभिन्न जिल्लाबाट दर्शनार्थीहरु पुगेका छन् । सल्लेरीबाट बिभिन्न कायृलयका कर्मचारीहरु, स्थानिय सर्बसाधरणहरु दुइ दिन अगाबै दुधुकण्ढड तर्फ लागेका थिए । यसैबिच, सानो दुधुकण्डको रुपमा चिनिने फाप्लु स्थीत सेती देबी मन्दीरमा पनि दर्शनार्थीहरुको भीड लागेको छ । कुण्डको जल लिनुका साथै मन्दीरको दर्शन गर्न यस बर्ष पनि सदा झैँ भक्तजनहरुको घुइचो लागेको मन्दीर ब्यबस्थापन समितिले जनाएको छ । बिहानै देखि झरी भए पनि राती ४ बजे देखि नै झत्तजनहरुको लाइन सुरु भएको मन्दीर पुजारी दावा तामाङले जानकारी दिनुभयो । मन्दीरमा बिभिन्न स्थानबाट धामी झक्री सहितका पुजा गर्ने समुह कुण्ड पुगेका छन् ।
श्निबार परेकाले पनि यस बर्ष अन्य बर्षको तुलानामा भक्तजनहरु ब्ढि आएको उहाले बताउनुभयो । बर्षाका कारण फाप्लु बजार देखि मन्दीर सम्मको बाटो चिप्लो भए पछि दर्शनार्थीहरुलाइ आउन जान भने समस्या भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु