ज्यानमारा र हात हतिरयार बिक्री गर्ने आरोप लागेका ४ ब्यक्ति पुर्पक्षका लागी कारागार चलान

बिक्रम श्रेष्ठ । असार १५–
सोलुखुम्बुको बेनी २ मो आफ्नै बुवालाई निर्घात कुटपिट गरि हत्या गर्ने एक युवक आज पुर्पक्षका लागी कारागार चलान भएका हुन् । उनलाई जिल्ला अदालतको आदेशमा आज बर्ष १८ का गोबिन्द बिकलाई कारागार चलान गरिएको हो । गत जेष्ठ २५ गते आईतबार बेलुकी करिब ९ः३० बजेको समयमा दाउराको चिर्पटले मरणासन्न हुने गरि कुटपीट गरे पछि बेनी २ का धनी बि क को मृत्यु भएको थियो । हत्याका आरोपी मृतकका जेठा छोरा बर्ष १८ का गोबिन्द बिकलाई सोही दिन जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको थियो । २६ गते देखी ती युवक प्रहरीको हिरासतमा रहेका थिए । यसैबिच, हात हतिरयार खरिद बिक्री गरेको आरोपमा पक्राउ परेका तीन ब्यक्ति पनि कारागार चलान भएका छन् । बि स २०७० साल माघ १९ गते सा“झ सोलुखुम्बु फाक्दीङका होटल ब्यबसायी ग्याल्जेन शेर्पाको गोली हानी हत्या गर्न हतियार दिई सहयोग गर्ने बारा पर्साैनी ९ का २१ बर्षिय अमित चौधरी भनिने अबधेश कुमार यादब, बारा भोडाहा ७ का ३१ बर्षिय सोनालाल राम र भोडाहा २ बस्ने २२ बर्षिय सोनालाल गिरीलाई पुर्पक्षका लागी जिल्ला कारागार सल्लेरीमा राखीएको छ । उनीहरुलाई हात हतियार तथा खरखजना अन्तर्गत मुद्या चलाईएको छ । ती तीनै जनालाई गत जेष्ठ २६ गते सल्ेरी ल्याईएको थियो । उनीहरु मध्य विशेÈ प्रहरी अनुसन्धान ब्युरो सिआइबीले यादवलाई पथलैयाबाट, गिरीलाई पिलुवाबाट र रामलाई जैतापुरबाट पक्राउ गरिएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!