जो ‘अरुको किन्छिन्, आफ्नो बेच्छिन्’ (भिडियो सहित)

सोलुखुम्बु । पुशपति शर्माको सृजनामा तिजे कोशेली ल्याईरहेकी गायिका जानकी तारामी मगरले यो पटक पनि पानीपुरी भाग २ को रुपमा ‘मगर्नीको सेलरोटी’ बजारमा पठाएकी छिन् ।

Janaki

केहि हप्ता अघि मात्र बजारमा आएको सो गीतले दर्शकस्रोताको माया बटुलिरहेको बेला जानकीकै सृजनामा तयार भएको गीत भक्त परियारको नामवाट बजारमा आएको छ ।
फरक कोणवाट हेर्दा जानकी अरुको किन्छिन्, आफ्नो बेच्छिन् भन्न कसैले धक नमाने हुन्छ । सृजनामा पनि शब्बलता देखाउन सक्ने जानकी आफ्नै सृजनामा आफ्नो तिजे कोशेली किन बजार पठाउदिनन् भन्ने जिज्ञासाको रुपमा रहेपनि जानकीलाई आफ्नो सृजनामा विश्वास नभएर आफ्नो बेच्छिन्, अरुको किन्छिन् भन्नेहरु पनि भेटिएका छन् ।

Sel

गायिका जानकीको सृजनामा तयार भएको गीतमा जानकी र भक्त परियारको स्वर रहेको छ । सनराईज म्यूजिक (जुन जानकी आँफैको हो) मार्फत बजारमा आएको गीतको भिडियोमा प्रकाश सपुत र रिना थापा मगरले नृत्य गरेका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!