जेष्ठ नागरिकलाई निशुल्क चस्मा

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ २५

सोलुखुम्बुको नेचामा सम्पन्न आँखा शिविरमा ७५ जना जेष्ठ नागरिकलाई निशुल्क चस्मा वितरण गरिएको छ ।

तिलगंगा आँखा अस्पताल र सामुदायीक आँखा केन्द्र फाप्लुको प्राविधिक सहयोग तथा सिंहदेवी गुठी समाजको स्थानीय आयोजनामा सम्पन्न शिविरमा जेष्ठ नागरिकलाई निशुल्क वितरण गरिएको चस्माको खर्च नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा व्यवसायी सुनिल खड्काले व्यवस्थापन गरेका हुन् ।

निशुल्क चस्मा वितरण गर्दै नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला

शिविरमा ५८ जना जेष्ठ नागरिकलाई सशुल्क चस्मा वितरण गरिएको छ । ४५० जनाको आँखा परिक्षण गरिएको शिविरबाट २७ जना मोतिविन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनौट गरिएको छ । छनौट भएका बिरामीको आगामी फागुन १७ र १८ मा सामुदायीक आँखा केन्द्र फाप्लुमा संचालन हुने आँखा शिविरमा शल्यक्रिया गरिने संबाददाता धन कुमार ढुंगेलले जानकारी दिए ।

नेचासल्यान गाउँपालिका ३ स्थित हिमालदर्शन क्याम्पसको छात्रबासमा संचालित शिविरबाट शल्यक्रियाका लागि छनौट गरिएका जेष्ठ नागरिकको यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले शल्यक्रियाका लागि जाँदाआउदा लाग्ने यातायात खर्च जेष्ठनागरिक कोषबाट कट्टा हुने गरि खर्च गर्ने बताए ।

शल्यक्रिया शिविरको समयमा मोतिविन्दुका बिरामीलाई खानपिन खर्च नयाँ शक्ति पार्टी सोलुखुम्बुका संयोजक सुनिल खड्काले व्यवस्थापन गर्ने बताए । उनले बिरामीलाई एक एक कम्बल समेत उपलब्ध गराउने बताए ।

निशुल्क चस्मा वितरण कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपाल सोलुका संयोजक सुनिल खड्का

आँखाको समस्या लिएर फाप्लुसम्म धाउदै आएका नेचाका सर्वसाधारणले गाउँमै आँखा परिक्षण गराउन पाएपछि खुसि भएका छन् । शिविरमा सेवा लिनेमध्ये अधिकांश जेष्ठ नागरिक थिए ।

शिविरमा तिलगंगा आँखा अस्पतालका डा. विधान ताम्राकार र साईमन कुँबर क्षेत्री, जिल्ला सामुदायीक आँखा केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राई खटेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु