जुवाडेवाट रकम असुल्ने हवल्दार जागीरवाट निस्काशित

खोटाङ ।
images

जिल्लामा तास खेलिरहेकाहरुसंग रकम असुल गर्ने प्रहरी हवल्दार जागिरबाट हटाइएका छन् ।

सदरमुकाम दिक्तेलमा तास खेल्दै गरेका समूहलाई नियन्त्रण्ँमा लिएर २ हजार ५ सय रुपैया असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी हवल्दार बौवालाल यादवलाई जागिरबाट हटाइएको हो ।

सुनसरी ठेगाना भएका हवल्दार यादवले प्रहरीको मर्यादा विपरित काम गरेकाले जागिरबाट हटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक विनोदराज खरेलले बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक खरेलका अनुसार तास खेल्नेको समूहसंग रकम असुलेको आरोपमा यादवसहित पक्राउ परेका प्रहरी जवानहरु लक्ष्मण्ँ राई, हेटबहादुर तामाङ र भुवनकुमार थापा बिभागीय कारबाहीमा परेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु