जीवनज्योतिलाई रोटरी क्लबको सहयोग

हिमाल एफ एम,
सोलुखुम्बु, १७ जेठ

रोटरी ल्कब अफ काष्टमाण्डपले जीवन ज्योती माध्यमिक विद्यालय नेलेलाई ३ लाख बराबरको शैक्षिक सामाग्री प्रदान गरेको छ ।

थुलुङ दुधकोशी गाउँपालीका १ नेले स्थित माध्यमिक विद्यालयलाई क्लबले ३ थान डेक्सटप, शैक्षिक सामाग्री र खेलकुदका सामाग्री निशुल्क प्रदान गरेको हो ।

शैक्षिक सामाग्रीमा कापी, कलम, खेल सामाग्रीमा व्याटमिन्टन, फुटबल भलीबल, लुडो रहेको क्लबका प््रामुख सम्पादक राजकुमार गुरुङले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष सज्जन बारसिं थापा, पुर्व अध्यक्षहरु, सचिव लगायतको टोली पुगेर सो सामाग्री विद्यालयका प्रधानाध्यपक प्रभुराम कार्कीलाई हस्तान्तरण गरेको हो ।

यसैबीच, ल्कबले जीवन ज्योती माविका तिनजना र सोलुखुम्बुका विभिन्न विद्यालयमा अध्ययन गर्ने अन्य सात जना विद्यार्थीहरुलाई समेत निशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

जिल्ला भरीका नर्सरी देखी कक्षा ७ सम्मका १० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको प्रमुख सम्पादक गुरुङले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु