जील्ला अदालत सोलुखुम्बुमा मुद्या दर्ता कम हदै, तथ्यांक अनुसार फैसला भने बढ्यो

२१ गते साउन, सोलुखुम्बु ।
आर्थिक बर्ष २०६९ ७० मा जील्ला अदालत सोलुखुम्बुमा पहिलेको आर्थिक बर्षहरुको तुलनामा कम मुद्या दर्ता भएका छन् । आर्थिक बर्ष २०६८ – ६९ मा १३२  वटा मुद्या दर्ता भएकोमा गत आर्थिक बर्षमा जम्मा १२४ वटा मात्रै मुद्या दर्ता भएको छ । गएको आर्थिक बर्षमा देवानी तर्फ ३४ वटा तथा फौजदारीमा ९० वटा मात्रै मुद्या दर्ता भएको जील्ला अदालत सोलुखुम्बुले जानकारी दिएको छ । त्यस्तै देवानी तर्फको ३४ मुद्या मध्य २६ वटा मुद्या फैसला भईसकेको छ भने बाँकी ८ वटा मुद्याको जीम्मेवारी सरेको छ । त्यस्तै फौजदारी तर्फ ९० वटा मुद्या दर्ता भएकोमा ७४ वटा फैसला भईसकेका छन् भने बाँकी १६ वटा मुद्याको फैसला हुन बाँकी रहेको छ । तर आर्थिक बर्ष ६८ – ६९ मा देवानी  तर्फ ४३ वटा मुद्या दर्ता भएकोमा ८ वटा नै मुद्या फैसला हुन सकेको थिएन भने फौजदारी तर्फ ८९ वटा दर्ता भएको मुद्या मध्य १६ वटाको जीम्मेवारी सरेको थियो । अदालतमा पहिलेको आर्थिक बर्ष भन्दा ६९ – ७० मा मुद्या दर्ता घटेको छ भने फैसलाको संख्या बढेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु