जीप दुर्घटनामा खोटाङमा ६ जना घाइते

दिलिप खत्री चैत्र ११– जीप दुर्घटनामा खोटाङमा ६ जना घाइते भएका छन् । सदरमुकाम दिक्तेलबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको बा २ च ९३१३ नम्बरको जिप बडहरे–९ पातीखर्कमा दुर्घट्ना हुँदा ६ यात्रु घाइते भएका हुन् । घाइते मध्य दमक नगरपालिका–११ झापाका साबित्रा खड्काको अवस्था गम्भीर रहेको प्रहरीचौकी च्यास्मीटारका प्रहरी सहायक निरिक्षक शत्रुधन राउतले बताए । सामान्य उपचार पछि तीन जनालाई थप उपचारकालागि गाडीमार्फत बिराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घट्नास्थलमै औषधिसहितको अहेव लगेर घाइतेहरुको प्राथमिक उपचार गरिएको प्रहरी सहायक निरिक्षक राउतको भनाई छ । अनियन्त्रित बनेको जिप मंगलबार सडकबाट १० मिटर तल खसेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!