जिसस परिसरमा सरकारी नम्बर प्लेटको मोटरसाईकल वेवारिसे

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, फागुन ५

जिल्ला समन्वय समिति सोलुखुम्बुको परिसरमा एक सरकारी नम्बर प्लेटको मोटरसाईकल वेवारिसे छाडिएको छ ।

बजाज १३५ सिसिको बा १ ब ८२८९ नम्बरको मोटरसाईकल पानीले भिजेर खिया लागेको अवस्थामा वेवारिसे भेटिएको हो ।

जिल्ला समन्वय समितीका प्रमुख वीरकुमार राईले आफुलाई यसबारे केही जानकारी नभएको बताउनुभयो ।

सरकार संघिय संरचनामा जानुभन्दा अगावै विभिन्न सरकारी कार्यालयका कर्मचारीले प्रयोग गरेको मोटरसाईकल हो, वा अहिलेका कर्मचारीले प्रयोग गरिरहेको मोटरसाईकल हो, भन्ने विषयमा बुझेर प्रतिक्रिया दिने प्रमुख राईको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु