जिल्ला समन्वय समिति सोलु र ओखढुङगाको वेभ साईट अपडेट विहीन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, पुष १५

जिल्ला समन्वय समिति सोलुखुम्बु र ओखलढुङगाको वेभसाईड अपडेट विहीन रहेको पाईएको छ । सार्वजनिक सुचनाका लागि सरकारले सञ्चालनमा ल्याएको वेभसाईट ४ वर्षदेखि अपडेट विहीन रहेको पार्ईएको हो ।

दुबै जिल्लाको वेभ साईटमा बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७१–२०७२ देखि हाल सम्मको बार्षिक प्रतिवेदन नराखेको पाईएको छ । जिल्ला योजना, बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन, चौमासिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, अनुगमन प्रतिवेदन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका कोलम खाली रहेका छन् ।

अभिलेखको कोलमामा २०७२ सालको चैत्र २५ गते देखि यताका कुनै पनि अभिलेख राखिएको छैन । कर्मचारि अभावका कारण वेभ साईट अपडेट गर्न नसकिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राईले बताए । उता, कर्मचारिको व्यवस्थापन गरेपछि अपडेडलाई निरन्तरता दिने ओखलढुङगा जिल्ला समन्वय अधिकारी ईश्वरराज दाहालले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!