जिल्ला अस्पताललाई वान हर्टको सहयोग

सोलुखुम्बु, साउन १२

वान हर्ट वल्र्ड वाइड सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुलाई जटिल प्रसुती हुदा प्रयोग गरिने अभ्यासका सामाग्री हस्तान्तरण गरेको छ । सोमबार संस्थाका जिल्ला संयोजक गणेश खतिवडाले स्वास्थ्यकर्मीले स्किल ल्यावमा प्रयोग गर्ने २ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री ग्रहण गर्दै अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले स्वास्थ्यकर्मीको स्किल पुर्नताजकी गर्न अभ्यासमा टेवा पुग्ने बताईन् । अस्पतालको मागको आधारमा अभ्यासका सामाग्री सहयोग गरेको वान हर्टका जिल्ला संयोजक गणेश खतिवडाले बताए ।

जटिल प्रकारको सुत्केरी गराउदा प्रयाग गरिने स्किल पुर्नताजकीका लागि स्वास्थ्यकर्मीहरुले ल्यावमा अभ्यास गर्दछन् । सामाग्री हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका सदस्य रामकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!