जिल्ला अस्पतालमा नगरपालिकाले डाक्टर व्यवस्था गर्ने

हिमाल एफ.एम.
सोलुखुम्बु,कार्तिक २६

एकसाता देखि डाक्टर विहिन बनेको जिल्ला अस्पताल फाप्लुमा सोलुदुधकुण्ड नगरपालिकाले आफ्नै खर्चमा डाक्टरको व्यवस्था गर्ने भएको छ । कार्यरत डा. रमिन महर्जन समायोजनमा ललितपुर गएपछि अघिल्लो सोमबारदेखि नर्सको भरमा चल्दै आएको अस्पतालमा नगरपालिकाले आगामी मंसिर १ गतेदेखि डाक्टरको व्यवस्थापन गर्ने भएको हो ।

स्वास्थ्य उपचारबाट बन्चित हुनुपरेको जिल्ला बासीको समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पतालमा डाक्टरको व्यवस्थापन गर्न लागिएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । उनले भने, ‘प्रदेश सरकार मातहतमा रहेको अस्पताल भएपनि हाम्रो नगर क्षेत्रमा अवस्थित रहेकाले स्वास्थ्य माथी नागरिकको पहूँच स्थापित गर्नका लागि नगरपालिकाले पारिश्रमिक तिर्ने गरि डाक्टरको व्यवस्थापन गर्दैछौ ।’
डाक्टर नहुदा सामान्य देखि प्रसुती सम्मको सेवा ठप्प रहेको छ ।

नर्सको भरमा चल्दै आएको अस्पतालमा उपचार भन्दा रेफर हुने भएपछि बिरामीको संख्या घट्दै गईरहेको छ भने उपचारका लागि ओखलढुंगा र राजधानी जान बाध्य छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु