जिल्ला अदालत खोटाङबाट १३५ मुद्धा फर्छ्यौट

खोटाङ, साउन १४


जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६÷०७७ मा १३५ वटा मुद्धा फर्छ्यौट गरेको छ ।

एक आर्थिक वर्ष विभिन्न प्रकृतिका १६१ वटा मुद्धा फस्र्यौट गर्ने लक्ष्य लिएको जिल्ला अदालतले सुरु मुद्धातर्फ १२७ वटा, पुनरावेदनतर्फ ४ वटा र निषेधाज्ञा÷रिटतर्फका ४ वटा मुद्धा फर्छ्यौट गरेको जानकारी दिएको छ ।

मंगलवार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अदालतका श्रेष्तेदार रामाकान्त यादवले आर्थिक वर्ष २०७६÷०७७ मा १८ महिनादेखि २ वर्षभित्रको ५ वटा, १ वर्षदेखि १८ महिना भित्रको ७ वटा, ६ महिनादेखि १ वर्षभित्रको ३४ वटा र ६ महिनाभित्रको ८९ वटा मुद्धा फर्छ्यौट गरिएको जानकारी दिए ।

सो आर्थिक वर्ष कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा १६.२० प्रतिशत कम मुद्धा फर्छ्यौट भएको अदालतले जनाएको छ । २६४ वटा मुद्धा आउने अनुमान गरिएकोमा जिम्मेवारी सरेर आएको ५८ वटा र नयाँ १८७ वटा गरी २४५ मुद्धा दर्ता भएको श्रेष्तेदार यादवले जानकारी दिए ।

कुल मुद्धामध्ये ११० वटा मुद्धा फर्छ्यौट हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ । अदालतका अनुसार निरन्तर सुनुवाईतर्फ दर्ता भएका ३६ वटा मुद्धामध्ये १६, ५८ वटा थुनुवा मुद्धा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्धामध्ये ३ वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र २ वटा मुद्धा प्रकृयामा रहेको छ ।

कोभिड–१९ को अशरका कारण लक्ष्य प्राप्ति नगर्दै गत आर्थिक वर्ष वितेपनि चालु आर्थिक वर्ष लक्ष्य अनुसार उपलव्धि हासिल गरिने जिल्ला अदालतका न्यायधीश मातृकाप्रसाद आचार्यले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!