जिल्लास्तरिय परियोजना सल्लाहकार समितीको गोष्ठि सम्पन्न

image001शिखर गजरकोटे, सोलुखुम्बु पौष १३ – जि फाउण्डेशनका साझेदारी ४ स्थानीय संस्थाहरुको आयोजनामा सोलुखुम्बुमा जिल्लास्तरिय परियोजना सल्लाहकार समितीको गोष्ठि सम्पन्न गरिएको छ ।

निमित्त स्थानीय विकास अधिकारी चन्द्र बहादुर कार्कीको अध्यक्षतामा भएको गोष्ठिमा नवज्योती यूवा मञ्च गुदेल, सोलुखुम्बु विकास समाज सोताङ, नवयुग विकास समिति छेस्काम र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङले आर्थिक बर्ष २०७३÷७४ मा गरिएका काम र उपलब्धिका साथमा आर्थिक बर्ष २०७४÷७५ का योजना बारे जानकारी गराईएको थियो । यहि बर्षवाट बुङ गाविसलाई पनि कार्यक्षेत्र बनाएको जि फाउण्डेशनले १० वटा सामुदायीक विकास समूह गठन गरि परिक्षण कार्यक्रम संचालनको तयारीमा जुटेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पंकज भुर्तेलले गैरसरकारी संस्थाको कामलाई पनि जिल्ला विकास समितिले नियमित अनुगमन गर्नुपर्ने भएकाले अनुगमनको वातावरण मिलाउन निर्देशन दिनुभयो । साथै अनुमति विना संचालन भएका काम रोक्न र नियमपालनामा कडाई गर्नुपर्नेमा जोड दिए ।

गोष्ठिमा कार्यक्रम र उपलब्धि पनि स्वागतयोग्य रहेको भन्दै जिल्ला विकास समितिका कार्यक्रम अधिकृत यूवराज पोख्रेलले जिविसवाट अनुमति लिएर मात्र कार्यक्रम संचालन गर्न संस्थाहरुलाई आग्रह गरेका छन् । महिला तथा बालबालिका कार्यलयका शुशिला घिमिरेले महिला र बालबालिकाको क्षमता विकासमा पनि योजना तर्जुमा गर्न सुझाव दिईन् । गोष्ठिमा बोल्दै एमालेका जिल्ला सचिब हर्क बहादुर राई, माओबादी केन्द्रका केन्द्रिय सदस्य धु्रव पराजुली, नयाँ शक्ति नेपालका संयोजक उत्तम बस्नेतले कोशिपारीका ४ गाविसमा जि फाउण्डेशन र साझेदारी संस्थाहरुले आर्थिक सम्बृद्धिमा टेवा पुर्याएकोमा धन्यवाद दिदै योजना डुब्लिकेशनमा सजक रहन आग्रह गरेका छन् । गोष्ठिमा कोशिपारीका ४ वटै गाविसका सचिबहरुको समेत उपस्थिती रहेको थियो ।

जि फाउण्डेशनले सोलुखुम्बुको अलवा खोटाङमा सृजनशील भरिया समाज र प्रयास नेपालको साझेदारीमा महेश्वरी, राखावाङदेल, दिप्सुङ र सुङदेल गाविसमा पनि शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, पुर्वाधार निर्माण र क्षमता अभिबृद्धिको क्षेत्रमा काम गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु