जिल्लाकै ठूलो धनराशीको प्रतियोगीता

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ८

सोलुखुम्बुमा ठूलो धनराशीको भलिबल प्रतियोगीता हुने भएको छ । फ्रेण्डसीप यूथ क्लबको आठौ बार्षिक उत्सबको अबसरमा स्थानीय तहस्तरिय खुला पुरुष भलिबल प्रतियोगीता आयोजना गर्न लागिएको हो ।

आगामी फागुन २७ बाट शुरु हुने प्रतियोगीताको पहिलो पुरस्कार ३ लाख ३३ हजार ३३३ रुपैयाँ राखिएको छ भने दोस्रो पुरस्कार २ लाख २२ हजार २२२ रुपैयाँ र तेस्रो पुरस्कार एक लाख ११ हजार १११ रुपैयाँ घोषणा गरिएको छ । घोषित पुरस्कार राशी जिल्लाभित्रका मात्र खेलाडी सहभागी हुने प्रतियोगीता मध्यकै ठूलो भएको क्लबका कार्यबहाक अध्यक्ष नाम्गेल शेर्पाले बताए ।

जिल्ला विकास समितिको परिसरमा हुने प्रतियोगीतामा जिल्लाका एक नगरपालिका र ७ गाउँपालिकाका खेलाडीहरुको सहभागीता रहनेछ । टिम दर्ता लागि फागुन २२ सम्म तोकिएको छ भने शुल्क ११ हजार १११ रुपैयाँ लाग्नेछ ।

बार्षिक उत्सबको अबसरमा भलिबल प्रतियोगीताको साथमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न विधाका ख्यातिप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु